चीनमा फेरि देखियो कोरोना भाइरस संक्रमण

सङ्क्रमित प्रतिदिन बढ्दै 
बुधबार, माघ १४, २०७७

बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमति प्रत्येक दिन जसो भेटिन थालेको यहाँका स्वास्थ्य अधिकारीले जानकारी गराएका छन् । शुरुमा कोरोना भाइरसको सङ्क्रमण चीनको वुहान शहरबाट नै निस्किएको हो । गत वर्षको डिसेम्बरमा यो भाइरस भेटिएको हो । वुहानमा देखिएको यो भाइरस संसारका देशमा पुगि सेकेको छ । ती देशमा अहिले पनि सङ्क्रमित हुने क्रम जारी नै रहेका छन् । वर्षदिन पुगिसक्दा पनि यो भाइरस नियन्त्रणमा आएको छैन । चीनले छ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको दाबी गरेको थियो । तर पछिल्ला दिनमा भने यहाँ फेरि यसका सङ्क्रमित देखिन थालेका चीन सरकारले जनाएको छ । चिनियाँ सरकारकाअनुसार चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका छन् । चिनियाँ अधिकारीका अनुसार मङ्गलबार मात्र चीनमा कोरोना भाइरस ७५ जनामा नयाँ सङ्क्रमण देखिएको छ । तीमध्ये थप ५५ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु २० वटा नयाँ घटना बाहिरबाट आएका हुन् । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँ नयाँ सङ्क्रमित भेटिएका छन् ।यहाँका स्थानीय नागरिकबाटै ती  व्यक्ति सङ्क्रमित भएका हुन् । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको छ ।  चीनले कोरोनाबाट निको भएका नागरिकको पुनःस्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनःहुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ । मङ्गलबार भेटिएका स्वदेशी सङ्क्रमितमध्ये उत्तरी चीनको हेबेइ र होलिज्याङ प्रान्तका कतिपय शहर र जिलिङ नगरका धेरै नागरिक रहेका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ र चिनियाँ स्वास्थ्य अधिकारीले ती क्षेत्रमा बढी सतर्कता अपनाउन भनेका छन् । चीनका हेलिङजाङ, हेइबेइलगायतका प्रान्तमा नयाँ सङ्क्रमित भेटिन थालेको समाचार गत महिनादेखि नै अएको हो । ती प्रान्तका सरकारले यहाँ आइसोलेसन वार्ड निर्माण पनि गरिरहेका बताएका छन् ।सोही कारण चीनले विशेषगरी ती क्षेत्रमा निको भएका बिरामीमाथि पनि निगरानी राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

दश करोड मानिसमा कोरोना भाइरस संक्रमण
विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड–१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गरिसकेका छन् । अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा आएको यो कार्यक्रम अपेक्षा गरेको भन्दा खराब अवस्थामा भएको पनि बाइडनको भनाइ छ । अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्दै छ र यसपछि लगभग ३० करोड अमेरिकीलाई खोप दिन पर्याप्त हुने बाइडनले बताका छन् ।कोरोना भाइरसको कारण बेलायतमा पनि एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको बेलायतको सरकारीमाध्यमले जानकारी दिएको छ । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट २१ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । सात करोड २९ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।–एएफपी 
 

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  २१:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार