सोसल मिडिया
Contact Us
युनिकोड
पाल्पा : एमाले पालिका अधिवेशनले पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकामा नेतृत्व पाएको छ । अधिवेशनबाट अधिकांश स्थानीय तहमा युवा नेतृत्व आएको छ ।
हेर्नुहोस कुन पालिकामा कसको नेतृत्व
१ तानसेन नगर कमिटी
अध्यक्ष : गुराँस आत्रेय उपाध्यक्ष : शशि श्रेष्ठ सचिव : महेशलाल शाक्यसहित ७४ सदस्य नगर कमिटी ।
२ रामपुर नगर कमिटी अध्यक्ष : विष्णु रेग्मी उपाध्यक्ष : तोयानाथ सारु सचिव : कृतिनाथ श्रेष्ठ
३ तिनाउ गाउँ कमिटी अध्यक्ष : प्रेम श्रेष्ठ उपाध्यक्ष : रोमहादुर लम्तरी सचिव यादव अर्यालसहित ७५ सदस्ययी गाउँ कमिटी
४ रम्भा गाउँ कमिटी अध्यक्ष : योगेन्द्रप्रसाद गैरे उपाध्यक्ष : उमानसिंह सारु सचिव : विजय रानाभाट
५ रैनादेवि छहरा गाउँ कमिटी अध्यक्ष : रामप्रसाद ज्ञवाली उपाध्यक्ष : दानबहादुर थामी सचिवमा मानबहादुर थामीसहित ७५ सदस्यीय गाउँ कमिटी
६ रिब्दीकोट गाउँपालिका अध्यक्ष : आशिष विश्वकर्मा उपाध्यक्ष : भिम सारु सचिव : दानबहादुर कुँवर
७ बगनासकाली गाउँ कमिटी अध्यक्ष : हरि पाठक उपाध्यक्ष : सरस्वती चिदि सचिव : ओमप्रकाश गैरे
८ माथागढी गाउँ कमिटी अध्यक्ष : तेज घर्तीमगर सचिव : शेरबहादुर विक सचिव शंकर दर्लामीसहितको ६७ सदस्यी गाउँ कमिटी
९ पूर्वखोला गाउँ कमिटी अध्यक्ष : जीवन आचार्य उपाध्यक्ष : मानबहादुर सारु सचिव : तीर्थ सारुसहित ६१ सदस्यीय गाउँ कमिटी
१० निस्दी गाउँ कमिटि अध्यक्ष : नरेश सुनारी उपाध्यक्ष : किरण श्रेष्ठ सचिव : मेख सुनारी
जिल्लाका १० वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको नेकपा एमाले जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यले बताए । एमाले प्रथम वडा र पालिका अधिवेशनले युवाको सहभागितासमेत बढेको एमाले तानसेन नगर कमिटीका नव निर्वाचित अध्यक्ष गुराँस आत्रेयले बताए ।
चुमनुब्री गाउँपालिकामा एमाले अधिवेशन भएन
एमालेकाे १०औँ महाधिवेशन अन्तर्गत मंगलबार पालिका अधिवेशन भएकाे छ । गोरखाका ११ मध्ये १० पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
सदरमुकाम गोरखा नगरपालिकामा देवीबहादुर बस्नेत अध्यक्ष बनेका छन् । पालुङटार नगरपालिकाको अध्यक्षमा बसन्तकुमार श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । गण्डकी गाउँपालिकामा विष्णु पन्त, सहिद लखनमा बलबहादुर थापा, भीमसेन थापा गाउँपालिकामा सुजन सिंखडा, आरुघाटमा मेनबहादुर अधिकारी अध्यक्ष बने ।
सिरान्चोकमा विराज गुरुङ, अजिरकोटमा लिलाबहादुर सुनार, धार्चेमा सुक घले र बारपाक सुलिकोट गाउँपालिकामा हरि बस्नेत अध्यक्ष बनेका छन् ।
चुमनुब्री गाउँपालिकामा भने भौगोलिक विकटताका कारण अहिले अधिवेशन गर्ने अवस्था नरहेको एमाले गोरखाका अध्यक्ष प्रेम गुरुङले बताए । सबै पालिकाको कमिटी सर्वसम्मत चयन भएको उनले बताए ।