समाजवादीका केन्द्रीय सल्लाहकार एमालेमै फर्किए

मंगलबार, कात्तिक ९, २०७८

बुटवल : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य रहेका नन्दीकेशर ढकाल एमालेमै फर्किएका छन् ।

मंगलबार एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुँदै उनले समाजवादी छाडेका हुन् । उनलाई एमालेमा पार्टीका उपमहासचिव विष्णु पौडेलले स्वागत गरेका थिए ।

अधिवेशनअघि ढकालले उपमहासचिव पौडेलसँग छलफल गरेका थिए । छलफलपछि उनी मूल पार्टीमै फर्किएर अधिवेशनमा सहभागिता जनाएका हुन् । ढकाल रुपन्देहीमा एमालेका पुराना नेताको रूपमा चिनिन्छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार