भारतीय किसान आन्दोलनमाथि प्रहरी दमन 

किसान र प्रहरीबीच झडप, दिल्लीमा तनाव
मंगलबार, माघ १३, २०७७

नयाँदिल्ली । गणतन्त्र दिवसको अवसरमा भारतको राजधानी दिल्ली प्रवेश गर्न खोज्ने आन्दोलनरत किसानहरूको प्रहरीसँग भिडन्त भएको छ । दशौँ हजारको संख्यामा किसानहरू ट्याक्टर ¥यालीमा सहभागी हुँदै बजारमैत्री व्यवस्थाको विरोध गरिरहेका छन् । केही स्थानमा उनीहरूले प्रहरीले खुला राखेका बाटो छाडेर बन्द गरेका बाटोमा प्रवेश गरेका बताइएको छ । महिनौँदेखि किसानहरूको सरकारको नीतिको विरोधमा आन्दोलन गरिरहेका छन् । सरकारले १८ महिनाका लागि उनीहरूले विरोध गरिरहेका कानुनहरू लागु नगर्ने बताए पनि उनीहरूले ती कानुन रद्द गरिनुपर्ने माग राखेर आन्दोलन जारी राखेका हुन् । प्रहरीले केही चरणको वार्तापछि किसानले गणतन्त्र दिवसका कार्यक्रमलाई असर नपर्ने गरी ¥याली गर्न दिन सहमति जनाएको थियो । दिल्ली प्रवेशका छ वटा नाकाबाट किसान सहर प्रवेश गर्ने भए पनि मूल बाटो बन्द गरेर प्रहरीले किसानलाई बाहिरी बाटो प्रयोग गर्न भनेको थियो । तर सिन्घु, टिकरी र गाजीपुरमा प्रहरी अवरोध तोडेर किसानहरू अगाडि बढेका थिए । उनीहरूले कृषिलाई खुला बजारमा लग्ने कानुनको विरोध गरिरहेका छन् । दिल्लीमा गणतन्त्र दिवसको कार्यक्रम भइरहेका स्थानमा उनीहरू पुगे थप भिडन्त हुनसक्ने बताइएको छ ।


किसान आन्दोलनले उग्र रुप लिएपछि भारतको राजधानी नयाँदिल्लीका विभिन्न स्थान तनावग्रस्त बनेको छ । दिल्लीको मुख्य भागतर्फ मंगलबार बिहान अगाडि बढेका आन्दोलनरत किसानहरू उग्र बनेपछि आईटीओ, अक्षरधामलगायतका स्थानहरू तनावग्रस्त बनेको हो ।  विशेषगरी आईटीओस्थित दिल्ली प्रहरीको मुख्यालयको सामुन्ने नै आन्दोलनरत किसान र प्रहरीबीच झडप भएको छ । ट्रयाक्टरसहित पुगेका किसानहरुले बसलगायत सार्वजनिक सम्पत्ति तोड्ने र प्रहरीमाथि समेत आक्रमण गरेपछि परिस्थिति उग्र बन्न पुगेको हो । किसानहरूलाई रोक्न प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको छ । तर, किसानहरूको संख्या धेरै भएका कारण प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे गरेको छ । 
गणतन्त्र दिवसको अवसरमा राजधानी नयाँदिल्लीको इन्डिया गेटमा विभिन्न झाँकी र सेनाको परेडसहितको भव्य कार्यक्रम चलिरहेकै बेला त्यहाँबाट केही किलोमिटरको दूरीमा किसानहरुले सरकारको विरोधमा ¥याली निकालेका हुन् । जबकि आन्दोलनरत किसान र प्रहरीबीच इन्डिया गेटको कार्यक्रम सकिएपछि १२ बजेपछि मात्र ¥याली निकाल्ने सहमति बनेको थियो । तर, त्यसविपरीत किसानहरूले मंगलबार बिहानैदेखि ¥याली निकालेका छन् । मोदी सरकारले ल्याएको कृषिसम्बन्धी तीनवटा कानुनको विरोधमा विगत पाँच महिनादेखि भारतमा किसानहरु आन्दोलनमा छन् । विशेषगरी पन्जाब, हरियाणा, उत्तर प्रदेश, कर्नाटक, महाराष्ट्र र पश्चिमबंगाललगायतका राज्यमा ती कानुनको चर्काे विरोध हुँदै आएको छ ।


एकातिर गणतन्त्र दिवसको परेड, अर्काेतिर किसानको विरोध 
सरकारसँगको पटक–पटकको वार्ता असफल भएपछि किसानहरुले मगंलबार अर्थात् २६ जनवरीकै दिन धर्नामा रहेका दिल्लीमा ट्याक्टर  ¥याली गर्ने घोषणा गरेका थिए । त्यसका लागि किसानहरूले हजारौंको संख्यामा ट्याक्टर तयारीमा अवस्थामा राखिएको थियो । दिल्ली प्रहरीले सुरक्षाको कारण देखाएर उनीहरूलाई इन्डिया गेटको विशेष कार्यक्रम सकिएपछि मात्र उक्त ¥याली गर्ने अनुमति दिएको थियो ।–एजेन्सी 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १५:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार