सोसल मिडिया
Contact Us
युनिकोड
सियोल । दक्षिण कोरियाले इरानलाई कोभिडविरुद्धको खोप प्रदान गर्ने भएको छ । कोरियाको विदेश मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार एस्ट्राजेनेका भ्याक्सिनको १० लाख डोज बुधबार इरानमा पु¥याइने छ । उक्त खोप इरानले कोभिड खोप अभावमा खेप्नुपर्ने मानवीय समस्यालाई ध्यानमा राखेर सहयोग गरिएको कोरियाको विदेश मन्त्रालयले जनाएको छ । उक्त सहयोगबाट छ दशक लामो द्विदेशीय सम्बन्ध थप सुमधुर हुने दक्षिण कोरियाले अपेक्षा गरेको छ । दक्षिण कोरियाले यस महिनाको सुरुमा भियतनामका लागि एस्ट्राजेनेका खोपको ११ लाख डोज र थाइल्याण्डका लागि ४,७०,००० खोपहरू उपलब्ध गराएको थियो । दक्षिण कोरियाको पूर्ण खोप दर कूल जनसङ्ख्याको ७० प्रतिशत नाघेपछि अन्य देशलाई गर्ने खोप सहयोग कार्यलाई तीव्रता दिएको छ ।– रासस/सिन्ह्वा