१४ न्यायाधीशको निर्णय, 'पहिला प्रधानन्यायाधीशको कुरा सुनौं'

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं : सर्वोच्च अदालतका १४ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई एकपल्ट उहाँको कुरा सुन्ने मौका दिनुपर्ने निष्कर्ष निकालेका छन् । सोमबार बिहान ११ बजेदेखि सर्वोच्च अदालतमा भएको छुट्टै बैठकमा न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको धारणा नसुनी निर्णय लिन हतार हुने पनि निष्कर्ष निकालेका छन् ।

‘प्रधानन्यायाधीशज्यूलाई एकपल्ट उहाँको धारणा सुन्न मौका दिनुपर्छ भन्ने बैठकको निष्कर्ष रह्यो,’ एक न्यायाधीशले न्युज कारखानासँग भने, ‘उहाँको धारणा सुनिसकेपछि मात्र के गर्ने भन्ने निर्णय हुनेछ ।’

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार