सोसल मिडिया
Contact Us
युनिकोड
महोत्तरी । मनरा सिस्वा नगरपालिका–५ मा भएको पुनः मत गणनाप्रति कांग्रेसबाट विजयी वडा अध्यक्ष अरुणकुमार चौधरीले आपत्ती जनाएका छन् । स्वतन्त्र उम्मेदवार रमेश रायले दुई सय ६७ मतको दावीसहित मुद्दा दायर गरे पनि दुई सय ६८ मत कसरी आयो भन्नेमा चित्त नबुझेको उनले बताएका छन् । उनले कानुनी उपचार खोज्ने बताएका छन् । स्वतन्त्र उम्मेदवार रायले दुई सय ६८ मत अर्थात कांग्रेसबाट विजयी हालका वडा अध्यक्ष अरुणकुमार चौधरीले दुई सय ६६ मत मात्र ल्याएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार रमेश रायले चौधरीको भन्दा दुई मत बढी ल्याएर विजयी भएका छन् । तर आयोगले मतगणनामा पक्षपात गरेको भन्दै उक्त मत परिणामलाई स्वीकार गर्न नसकिने चौधरीको अडान छ । ‘रायले ल्याएको भनिएको दुई सय ६८ मतमाथि प्रश्न चिन्ह खडा हुन्छ । कानुनी उपचार खोज्ने बारे छलफल भइरहेको छ । यो परिणाम कुनै पनि हालतमा स्वीकार्य छैन,’ चौधरीले भने । २ असोज ०७४ भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार रहेका अरुणकुमार चौधरीको दुई सय ६४ मत र स्वतन्त्र उम्मेदवार रमेश रायको दुई ६७ मत आएकोमा निर्वाचन अधिकृतले चौधरीको तीन वटा बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो । निर्वाचन आयोगले गोलाप्रथाद्वारा कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरीलाई विजयी भएको घोषणा गरे पनि स्वतन्त्र उम्मेदवार रमेश रायले आफ्नो अनुपस्थितमा विजयी घोषणा गरेको भन्दै सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए । ६ चैत ०७७ उच्च अदालत जनकपुरको आदेशलाई सर्वोच्चले सदर गरिदिएकोमा कोरोना महामारीका कारण मतगणनाको मिति तय हुन सकेको थिएन । उच्च अदालत जनकपुरको इजलास नम्बर २ बाट न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले ७ कात्तिक ०७८ बिहान ११ बजेका लागि मतगणनाको मिति तोकेको थियो ।
यस्तो छ कांग्रेसको भनाइ सर्वोच्च अदालतको फैसला र मतगणनापछि आएको परिणामलाई कांग्रेसले भने स्वागत गरेको छ । चार बर्षपछि भए पनि स्वतन्त्र उम्मेदवार रमेश रायले न्याय पाएको भन्दै कांग्रेसले स्वागत गरेको हो ।महोत्तरीका नेता तथा कांग्रेसका केन्द्रीय सदस्य चिरञ्जीवी हमालले अदालतले गरेको फैसलालाई अरुण चौधरीले समेत स्वीकार गर्नुपर्ने बताए । यसैगरी, जनप्रतिनिधिहरूले समेत मत परिणाम अदालतको निर्देशनअनुसार नै भएको र यो बिषयमा आफुहरूले केही बोल्न नमिल्ने बताएका छन् ।