चीन–ताइवान विवाद : ताइवानले लखेट्यो १५ युद्धक विमान

सोमबार, माघ १२, २०७७

ताइपेइ । ताइवानले आफ्नो क्षेत्रमा प्रवेश गरेका चिनियाँ युद्धक विमान धपाएको छ । १५ वटा चिनियाँ युद्धक विमान ताइवानको वायुक्षेत्रमा प्रवेश गरेका थिए । तत्कालै ताइवानी वायुसेनाले आफ्ना क्षेप्यास्त्र चिनियाँ युद्धक विमानतर्फ सोझ्याउनुका साथै लडाकु विमानमार्फत कारबाही गर्ने धम्की दिएको थियो । ताइवानको धम्कीपछि चिनियाँ विमान ताइवानको हवाई क्षेत्रबाट फर्किएका थिए । शनिवार पनि चीनले ताइवानको हवाइ क्षेत्रमा ८ वटा एच–६ के परमाणु बमवर्षक विमान पठाएको थियो । साथै चारवटा युद्धक विमान पनि उक्त समूहमा रहेको थियो । अमेरिकी कूटनीतिज्ञको ताइवान यात्राबाट चीन भड्किएको छ । ताइवानी रक्षा मन्त्रालयले शनिवार र आइतवार चिनियाँ बमवर्षक विमान ताइवानको दक्षिणपश्चिमी क्षेत्रबाट प्रवेश गरेको जनाएको छ । ताइवानले चीनको नियत गतिलो नभएको बताएको छ । चीनको पछिल्लो गतिविधिपछि ताइवानी वायुसेनाले सबैतिर क्षेप्यास्त्र तैनाथ गरेको जानकारी दिएको छ । ताइवानी रक्षा मन्त्रालयका अनुसार घुसपैठ गर्ने चिनियाँ युद्धक विमानमा वाई–८ एन्टी सबमरीन रहेको छ । उक्त विमान समुद्रमा सतह माथि र पानीभित्रको गतिविधि ट्रयाक गर्न विशेष मानिन्छ ।–एजेन्सी

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  ०७:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार