नयाँ एमाले बनाएर अघि बढ्नेछौँ : लेखराज भट्ट 

आइतबार, कात्तिक ७, २०७८

झापा :  एमाले स्थायी कमिटी सदस्य लेखराज भट्टले नयाँ एमाले बनाएर अघि बढ्ने बताएका छन् । 

अध्यक्ष केपी ओलीसँग झापा भ्रमणमा आएका माओवादीका पूर्वनेता समेत रहेका भट्टले ओलीसँग भेटाइदिएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवादसमेत दिए । 

सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा धन्यवाद दिएका उनले सुदूरपश्चिममा बाढीपहिरोबाट पीडित भएकाप्रति सरकार राज्य गम्भीर  बन्न नसकेको बताए । 

साथै उनले जयसिंह धामी प्रकरणमा पनि सरकार गम्भीर बन्न नसकेको आरोप लगाए । 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार