सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । भारत–चीनबीच दुई महिनाअघिदेखि जारी ‘उच्च स्तरीय सैन्य संवाद’ वार्ता आइतबार सुरु हुँदैछ । नर्वाै चरणको ‘सैन्य कमाण्डर’ स्तरको वार्ताका लागि दुवै देशका अधिकारी तयारी अवस्थामा छन् । यो वार्ताको लक्ष्य पूर्वी लद्दाखमा नौ महिनादेखि जारी तनाव समाधान खोज्ने हो । वार्तामा दुवै देशका विदेश मन्त्रालयका अधिकारी पनि सहभागी हुने बताइएको छ । यो बैठक भारतको चुशुल सेक्टरको नजिकै चीनतर्फको मोल्डोमा हुनेछ । दुवै पक्षबीच पछिल्लो सैन्य वार्ता ६ नोभेम्बरमा भएको थियो । यो वार्तामा भारतले चीनलाई उसका सैनिक फिर्ता लैजान आग्रह गरेको थियो । यो वार्तामा लिखित सम्झौता हुने अपेक्षा गरिएको छ । गत दिसेम्बरमा विदेश मन्त्रालय स्तरमा भएको वार्तामा दुवै देशका नियन्त्रण रेखाका सबै खाले तनाव अन्त्य गर्न सैनिक फिर्ता सुनिश्चि गर्ने दिशामा काम गर्ने सहमति भएको थियो । हालै एक अन्तर्वार्तामा रक्षामन्त्री राजनाथ सिंहले भनेका थिए, ‘जबसम्म चीनले आफ्ना सैनिक फिर्ता लैजाँदैन तबसम्म भारतले पनि आफ्ना सैनिक पछि हटाउने छैन ।’ गत जुन महिनामा गलबान घाटीमा दुवै देशका सैनिक जवानबीच भएको हिंसात्मक झडपपछि विवाद बढेको हो । यो झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो । चीनकातर्फबाट सैनिक हताहतिको भएको बताइए पनि उसले हताहतीको संख्या भने सार्वजनिक गरेको छैन ।–एजेन्सी