सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले गृहनगर झापासहित तीन दिन प्रदेश १ मा रहने भएका छन् । एमालेका वडा अधिवेसन सकिएको भोलिपल्ट आइतबार गृहनगर झापा पुगेका ओलीले आजै १२ बजे बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्नेछन् । ८ कात्तिकमा गौरादह नगरपालिका–५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि ओलीले सोही दिन गौरीगञ्ज बजारमा दसैँतिहार, छठको शुभकामना आदनाप्रदान कार्यक्रमलाई सम्बोधन गर्नेछन् । भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी ९ गते पार्टी नेताहरूसँग छलफल गरेर काठमाडौं फर्कने कार्यतालिका छ ।