प्रभु साह एमालेमा सक्रिय

ओलीसँगै झापामा सम्बोधन गर्ने
आइतबार, कात्तिक ७, २०७८

काठमाडौं :  लामो समयदेखि असन्तुष्ट रहेका भनिएका प्रभु साह एमालेमा आइतबारबाट औपचारिक रूपमा सक्रिय हुने भएका छन् ।

नेकपा विभाजनपछि माओवादी परित्याग गरी बसेका साह र एमाले अध्यक्ष ओलीबीच सहमतिपछि उनी औपचारिक रूपमा एमालेमा सक्रिय हुने भएका हुन् । 

बिर्तामोडमा आइतबार हुने पूर्वमाओवादीलगायतका नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन साह यतिखेर झाप प्रस्थान गर्दैछन् ।

त्रिभुवन विमानस्थलमा साहसहित लेखराज भट्ट पनि झापा जाँदैछन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार