सरकारले गति समात्न सकेन : गगन थापा

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौं l नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले गति समात्न नसकेको बताएका छन् । सय दिनमा सरकारले आशलाग्दो सुरुवात गर्न नसकेको उनको भनाइ थियो ।नेपाल विद्युत प्राधिकरणको कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भने, 'सरकारले जुन गति समाउनुपर्ने हो त्यो गति हामीले पक्रिनसकेका छैनौं । नेपाली नागरिकलाई डर लागेको छ । जसरी हामीले पहिलोपटक २००७ सालपछि खेर फाल्यौं । फेरि १९९० पछि खेर फाल्यौं । अहिले फेरि एउटा मौका खेर फाल्दैछौं कि भनेर डर लागिरहेको छ ।' नेता थापाले हाम्रो अगाडि केही मौकाहरु बाँकी रहेको र यस्तो बेला सम्हालिनुपर्ने आवश्यकता औल्याए । 'एसियाभित्र भारत र चीनलाई केन्द्र बनाएर विश्वको राजनीति, विश्व अर्थतन्त्र चलिरहेको छ । त्यसको नजिक हामीहरु छौं र यो अवसर १५/२० वर्ष अझै रहनेछ । नेपाल लाभ लिनसक्यो भने सक्यो । नत्र हामी चुक्छौं । नेपालले प्रगति गर्न सक्दैन,' उनले भने । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार