रेलमार्गमा टिकटक बनाउँदा पाकिस्तानमा एक युवाको मृत्यु 

टिकटकप्रतिको युवा मोह
शनिबार, माघ १०, २०७७

इस्लामाबाद । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जाल प्रायःयुवा युवतीबीच प्रख्यात ‘टिकटक’ बनाउनका लागि रेलमार्गमा हिँडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ । पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो  दुर्घटना भएको हो । रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ वर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले एएफपी समाचार समितिलाई जानकारी दएका छन् । उद्धारकर्ताले नाभेदलाई उद्धार गरेको अवस्थामा उनको मृत्यु भइसकेको पनि समाचारमा जनाइएको छ ।– एएफपी
 

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १९:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार