प्रदेशसभामा गठबन्धनले गर्‍यो मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव 

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं : बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ । 

प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेलले शाक्यलेलाई विश्वासको मत दिन नसक्ने बताए । 

उनले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको बताए । 

प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो । 

गठबन्धन निर्वाचित तानाशाहविरुद्ध उभियो : राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले निर्वाचित तानाशाहविरुद्ध गठबन्धन उभिएको बताए । 

बाग्मती प्रदेशसभाको बिहीबारको बैठकमा उनले गठबन्धन निर्वाचित तानाशाहविरुद्ध उभिएकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिन नसक्ने बताए । 

शाक्यलाई मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै उनले मुख्यमन्त्री शाक्यविरुद्ध उभिनुपर्ने दिन आएको बताए । 

बिहीबारको जारी बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्दै प्रस्ताव पेस प्रस्तुत गरेकी छन् ।

उक्त प्रस्तावमाथि छलफलमा सहभागी हुँदै माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका छन् । 

प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो । यता गठबन्धनसँग ५९ जना सांसद रहेका छन् ।

गठबन्धनमा आवद्ध दलहरू माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी)सँग १३ र जसपाका एक जना सांसद छन् । यसैबीच प्रदेशसभा विवेकशील साझाका दुई र नेमकिपाका दुई र  राप्रपाका दुई जना सांसद छन् ।  

बाग्मती प्रदेशसभाको बैठक १० कात्तिकमा

बाग्मती प्रदेशको प्रदेशसभाको बैठक १० कात्तिकमा बस्ने भएको छ । बिहीबार बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि दलीय धारणा राखिएको छ ।

दलीय धारणा राख्ने क्रममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै आफूहरूको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका छन् ।

दलीय धारणापछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मत माग्ने प्रस्तावमाथिको बाँकी प्रक्रिया १० कात्तिक बुधबार दिउँसो १ बजे बस्ने बैठकमा अघि बढ्ने जानकारी दिए ।

प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो । 

माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी)सँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सांसद छन् ।
 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार