जर्मनीमा कोभिडका कारण ५० हजारभन्दा बढीको मृत्यु

शनिबार, माघ १०, २०७७

फ्रैंकफर्ट । जर्मनीमा कोभिड–१९ सङ्क्रमित ५० हजारभन्दा बढीको मृत्यु भएको छ । जर्मनी सङ्क्रमणका आधारमा विश्वको १० औँ बढी प्रभावित मुलुक हो ।अमेरिका, भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इटाली र टर्की बढी कोभिड–१९ सङ्क्रमित रहेका मुलुकहरू अग्र नौ स्थानमा रहेका छन् । एशियाली मुलुकहरूमा भारत, चीन, पाकिस्तान, बङ्गलादेश, जापान, कोरियालगायतका मुलुकहरूमा सङ्क्रमितको सङ्ख्या उच्च रहेको छ । जर्मनीमा पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या ८५९ रहेको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमपछि मृत्यु भएका व्यक्तिको सङ्ख्या ५० हजार ६४२ पुगेको पुष्टि केन्द्रले गरेको हो । जर्मनीमा सन् २०२० को सुरूदेखि नै सङ्क्रमित देखिएपनि वर्षको पहिलो छ महिनामा अन्य केही यूरोपेली मुलुकको तुलनामा सङ्क्रमण दर निकै कम रहेको थियो । जर्मनीमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २१ लाख १० हजारभन्दा माथि पुगेको छ । जर्मनीले पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण दरमा वृद्धि भएपछि नियन्त्रणका लागि आगामी फेब्रुअरी १४ सम्म आंशिक लकडाउन गर्ने घोषणा यसपहिले नै गरेको छ । यूरोपका कतिपय मुलुकहरूले अन्तर्राष्ट्रिय सीमानाका लाई खुला गर्ने निर्णय गरेपनि जर्मन चान्सलर एन्गेला मर्केलले सङ्क्रामक यो रोग नियन्त्रणमा आइनसकेको भन्दै तत्काल अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने निर्णय गर्नुभएको छैन ।– एएफपी

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  ०६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार