सोसल मिडिया
Contact Us
युनिकोड
अदिस अबाबा (इथियोपिया) । अफ्रिकामा बुधबार दिउँसोसम्म पुष्टि भएका कोभिड सङ्क्रमितको सङ्ख्या ८४ लाख ४५ हजार ९१७ पुगेको रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रिकी केन्द्र (अफ्रिका सीडीसी) ले जानकारी गराएको छ । अफ्रिकी सङ्घको विशेष स्वास्थ्य सेवा निकायका अनुसार अफ्रिकामा महामारीबाट मृत्यु हुनेको सङ्ख्या २१ लाख छ हजार १३ पुगेको छ भने ७८ लाख २४ हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित बिरामी निको भइसकेका छन् । दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया र इथियोपिया यस महाद्वीपमा कोभिड–१९ सङ्क्रमणका हिसाबले सबैभन्दा धेरै प्रभावित मुलुकहरू हुन् । अफ्रिका महादेशभरिमा अहिलेसम्ममा दक्षिण अफ्रिकामा सबैभन्दा बढी २९ लाख १७ हजार २५५ सङ्क्रमित भएको पुष्टि भएको छ भने उत्तरी अफ्रिकी मुलुक मोरक्को दक्षिण अफ्रिकापछि बढी प्रभावित मुलुक हो । मोरक्कोमा बुधबार दिउँसोसम्ममा नौ लाख ४२ हजार ७७९ व्यक्ति सङ्क्रमित बनेका छन् । सङ्क्रमणका हिसाबले दक्षिणी अफ्रिका कोभिडबाट सबैभन्दा बढी प्रभावित अफ्रिकी मुलुक हो भने त्यसपछि महाद्वीपको उत्तरी र पूर्वी क्षेत्रका देशमा कोभिड–१९ को महामारी बढी देखिएको सीडीसीले जनाएको छ ।– एएनआई/सिन्ह्वा