एमालेले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा 

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं । नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी बिहीबार अपरान्ह ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी कमिटी बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनकाअनुसार बैठकका मुख्यतः पाँचवटा एजेण्डा छन् ।बैठकमा विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन,  ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुनेछ  ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार