एमालेले चियापान नगर्ने 

बुधबार, कात्तिक ३, २०७८

काठमाडौँ । नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिए । 
यसअघि नेपाली कांग्रेसले पनि यसपटक चियापान नगर्ने निर्णय गरिसकेको छ । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि एमालेले हरेक वर्ष चियापानको आयोजना गर्दै आइरहेको थियो । गतवर्ष पनि कोरोना भाइरसको कारणले एमालेले चियापान गरेको थिएन । कांग्रेसले २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको थियो ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार