सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति जो बाइडनले कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने प्रयास गरेका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ । ‘हामीले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन’, शपथ ग्रहणपश्चात ह्वाइट हाउस प्रवेश गर्नु अगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए । उनले कोरोनाभाइरस महामारीको संकट सम्बोधनमा संघीय कारबाही तीब्र पार्ने कार्यकारी आदेशहरू जारी गरेका छन् । उनले जारी गरेका आदेशहरूले विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ । कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ‘ती आदेशहरूमार्फत राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पु¥याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन् ।’ बाइडनका मुख्य आदेश कोरोनाभाइरस महामारी चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुझ्ने विभिन्न उपायहरू ती आदेशमा छन् । ती आदेशका महत्वपूर्ण बुँदा यस्ता छन्
वातावरण वातावरणसम्बन्धी ट्रम्प प्रशासनका कतिपय नीतिहरू बाइडनले उल्ट्याउन चाहेका छन् । त्यसको निम्ति उनको आदेशमा भनिएको छ, ः
आप्रवासन आप्रवासनको विषयमा उनको आदेशमार्फत बाइडनले दुई प्रमुख निर्णय गरेका छन् ।
आदेश गर्नु सजिलो पाटो हो ? जो बाइडन तथा उनको टोलीसँग यी प्रारम्भिक कदमको तयारीका निम्ति झन्डै तीन महिना उपलब्ध थियो । डोनल्ड ट्रम्पले उनको कार्यकारी आदेश जारी गर्नसक्ने शक्तिलाई आफ्नो राजनीतिक एजेन्डा अघि बढाउन प्रयोग गरेका थिए । त्यसैले बाइडनले कहिले र कसरी ती काम उल्ट्याउँछन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । बाइडनले त्यसो गर्न धेरै समय लगाएनन् । तर कार्यकारी आदेश जारी गर्नु बाइडनका लागि सजिलो पाटो हो । अब उनले यी विषयलाई दीर्घकालीन स्थायित्व दिनेगरि नीतिगत व्यवस्था गर्न सक्नुपर्छ । त्यसका निम्ति उनले कंग्रेससँग हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । संसद्को दुवै सदनमा डेमोक्रयाटहरूको झिनो बहुमत रहेकाले बाइडनलाई अवसर भने छ । तर त्यसका निम्ति उनले रिपब्लिकनहरूले तेस्र्याउन सक्ने प्राविधिक तथा प्रक्रियागत अवरोध छिचोल्न सक्नुपर्नेछ । यही बाइडनको दशकौं पुरानो अनुभव काम लाग्न सक्छ ।–बीबीसी