संसद् बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस 

सोमबार, असोज २५, २०७८

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री दिलेन्द्र बडूले सो प्रतिवेदन पेस गरेका हुन् ।  प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको नाराबाजीबीच सो प्रतिवेदन पेस गरिएको हो । 

दुई सातालाई संसद् बैठक स्थगित 

प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक ९ कात्तिक बस्ने जानकारी दिएका हुन् । 

सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो । 

साथै मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ भने राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०६७ फिर्ता लिने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार