गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन भन्दै संसदमा एमाले सांसदकाे नाराबाजी 

सोमबार, असोज २५, २०७८

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । 

चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गर्दै आइरहेका छन् । सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले ‘देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरिरहेका छन् । 

नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् । 

आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले सांसदले सभामुख सापकोटाको विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार