मन्त्रिपरिषद्मा समेट्न नसकेका योग्य साथीलाई उचित जिम्मेवारी दिइने : प्रधानमन्त्री देउवा

शनिबार, असोज २३, २०७८

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् । स्कूल अफ डेमोक्रेसी, अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ पुस्तकको आज विमोचन गर्दै उनले शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा योग्य साथी छुटेकामा आफूलाई दुःख लागेकोसमेत बताए । क्षमतावान् र योग्य साथीलाई आगामी दिनमा उचित जिम्मेवारी दिँदै जाने बताउँदै उनले आफ्नो बाध्यता बुझिदिन आग्रह गरे । सांसद मीन विश्वकर्माले बीपी कोइराला, प्रजातन्त्र र कांग्रेस एक अर्काका परिपूरक भएको बताउँदै जनतालाई प्रजातन्त्रको अर्थ, महत्व र अभ्यासका बारेमा बुझाउनुपर्ने आजको आवश्यकता भएको बताए । राष्ट्रियसभाअन्तर्गत दिगो विकास समितिका सभापति तारादेवी भट्टले संयुक्त राष्ट्र सङ्घले हाल अघि बढाएको दिगो विकासको लक्ष्य बीपी कोइरालाले आफ्नो समयमा परिकल्पना गरेको सिद्धान्त र विचारसँग मिल्दोजुल्दो भएको बताइन् । कार्यक्रममा पूर्वराजदूत दिनेश भट्टराई, संविधानविद् डा विपिन अधिकारी, स्कूल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष र एवं नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महरलगायतले बीपीका सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै बीपीका बारेमा थप अध्ययन र अनुसन्धानको खाँचो औँल्याए। –रासस 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार