काबुलस्थित राष्ट्रपति भवन नजिकै भएको रकेट आक्रमणको अमेरिकाद्वारा निन्दा 

बिहीबार, साउन ७, २०७८

वासिङटन । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । .मंगलबार ईदको प्रार्थना भईरहेको समयमा राष्ट्रपति भवनलाई लक्ष्य गर्दै आक्रमण भएको थियो ।  अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनमा काबुलमा रहेको राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको निन्दा गरेका हुन् । 
संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा हिंसाको अन्त्य र शान्ति पुनःस्थापनाको गर्न आह्वान गरिरहेको र हामी राजनीतिक बस्तीमा जानको लागि दु्रत मार्ग र हिंसा अन्त्यको लागि आह्वान गर्दछौं प्राइसले पत्रकार सम्मेलनमा भने । मंगलबार बिहान ईदको प्रार्थनाको क्रममा राष्ट्रपति भवननजिकैका क्षेत्रमा तीन रकेट आक्रमण भएको थियो । प्रवक्ताले अफगानिस्तानका जनता न्याय र स्थायी शान्तिको चाहनामा एकजुट रहेका र अमेरिका यसलाई कार्यान्वयन गर्नका लागि तयार रहेको बताए ।  ईदको नमाजपछि समारोहमा बोल्दै अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबानको निन्दा गर्दै उनीहरूसँग शान्तिको चाहना नभएको आरोप लगाएका थिए ।–एएनआइ
 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार