अफ्रिकामा फैलियो कोरोना संक्रमणको दर 

सङ्क्रमितको सङ्ख्या ६२ लाख ६० हजारभन्दा बढी 
बुधबार, साउन ६, २०७८

अदिस अबाबा । अफ्रिकामा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६२ लाख ६७ हजार ७७६ पुगेको ‘अफ्रिका सेन्टर फर कन्ट्रोल एण्ड प्रिभेन्सन (अफ्रिका सीडीसी)’ले जानकारी दिएको छ ।  अफ्रिकी संघको स्वास्थ्य सेवा निकाय अफ्रिका सीडीसीका अनुसार महामारीका कारण अफ्रिकामा अहिले (मङ्गलबार)सम्म एक लाख ५८ हजार ६९७ को मृत्यु भएको पुष्टि गरेको छ । यहाँ कोभिड–१९ सङ्क्रमित ५४ लाख ७७ हजार ९३४ जना निको भई स्वस्थ जीवन बिताउन थालेका पनि उक्त संस्थाले जनाएको छ । अफ्रिकाका खासगरी दक्षिण अफ्रिका, मोरक्को, ट्यूनिसिया, इथियोपिया र इजिप्टमा अहिले पनि सङ्क्रमण दर निकै बढी रहेको छ । यसमध्येपनि सबैभन्दा बढी प्रभावित मुलुक दक्षिण अफ्रिका हो भने त्यसपछि उत्तरी तथा मध्य क्षेत्रका मुलुकहरू बढी प्रभाबित मुलुकहरू हुन् ।–सिन्ह्वा  
 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  ०६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार