निर्मलरत्न ललितपुर वडा १ को वडा अध्यक्ष निर्वाचित

आइतबार, जेठ १, २०७९

ललितपुर ।ललितपुर महानगर वडा नं १ को अध्यक्षमा निर्मल रत्न तण्डुकार विजयी भएका छन् । 
स्वतन्त्र उम्मेदवार तण्डुकारले ६ सय ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी  नेपाली कांग्रेसका उम्मेदवार धुव्रलाल तण्डुकारले ४ सय २५ मत प्राप्त गरेका छन् । नवनिर्वाचित तण्डुकारले वडाबाट वडावासीलाई प्रवाह गर्नुपर्ने सेवालाई अझै प्रभावकारी बनाउने बताए । उनले वडालाई नमूना वडा बनाउन विशेष योजना ल्याउने बताए ।  वडाका अन्य सदस्यहरुमा नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार