मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्

शुक्रबार, वैशाख ३०, २०७९

कपिलवस्तु, ३० वैशाख । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् ।  कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न  नपाएकाे विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए । 

माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन् । 
देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १२:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार