मुगुका चारवटै निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा 

बिहीबार, वैशाख २९, २०७९

मुगु, २९ वैशाख । मुगुका चारवटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ । स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सीसी क्यामेरा जडान गरिएको हो ।  छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका चारैवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालय मुगुका निर्वाचन अधिकृत पुण्यप्रसाद सापकोटाले जानकारी दिए ।

निर्वाचनलाई शान्त सुरक्षित भयरहित वातावरणमा सम्पन्न गर्न सबै निर्वाचन कार्यालयमा सीसी क्यामेरा जडान अनिर्वाय गर्नुपर्ने अवस्था भएको हुँदा कार्यालयमा सीसी क्यामेरा जडान गरिएको सापकोटाको भनाइ छ ।  मुख्य निर्वाचन अधिकृतका अनुसार केन्द्रीय निर्देशनअनुसार नै जिल्लाका स्थानीय तहलाई निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गर्न निर्देशन गरिएको छ ।  सीसी क्यामेरा जडानपछि निर्वाचन अधिकृतको कार्यालय वा मतगणना स्थलमा थप सुरक्षित हुने अपेक्षा गरिएको छ ।

त्यस्तै मौसमको बदलीअनुसार निर्वाचन अधिकृतको कार्यालयमा वर्षा हुने सम्भावना भएको हुँदा जिल्लाका मतदान स्थलहरूमा आवश्यकअनुसारको पाल र अन्य बन्दोबस्त मिलाउन निर्देशन दिइएको छ ।  यदि त्यस्तो भैपरी आउने समस्यालाई समाधान गर्न केही समय निर्वाचनलाई स्थगित गरेर भए पनि व्यक्तिगत घरमा भए पनि निर्वाचन सम्पन्न गर्ने सापकोटाको भनाइ छ ।  

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार