एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य

सोमबार, पुस २६, २०७८

ललितपुर,  । नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन बाएका छन् । आइतबारको बन्दसत्रमा अध्यक्ष मण्डलले सर्वसम्मत चयन गरेको १२० सदस्यीय कमिटिको नामावली निवर्तमान अध्यक्ष हरिकृष्ण व्यन्जनकारले पढेर सुनाए । 
कमिटिको उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत तथा उपसचिवमा श्याम व्यन्जनकार र तारा सञ्जेल चयन भएकी छन् ।

काठमाडौं एमाले अध्यक्षमा सर्वसम्मत चुनिए निरौला

नेकपा एमालेले काठमाडौं जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । शुक्रबार उद्घाटन भएको काठमाडौं जिल्ला अधिवेशन अन्तर्गत जारी बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो । जस अनुसार काठमाडौं एमाले अध्यक्षमा दिपक निरौला चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा नवराज पराजुली सचिवमा राजेश शाक्य, उपसचिवद्वयमा विन्दु महर्जन र तेज ढकाल चयन भएका छन् । 

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ०३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार