महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगे

बिहीबार, मंसिर ९, २०७८

चितवन, ९ मंसिर : पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुगेका छन् । शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन् । 

उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन् । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका छन् ।

उनी सौराहामै व्यवस्था गरिएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । ओली सौराहामै बस्ने भएका हुन् । 

एमालेको १०औँ महाधिवेशन १०–१२मंसिरमा हुनेछ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १४:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार