रुसको कारखानामा आगलागीबाट मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो

शुक्रबार, कात्तिक ५, २०७८

मस्को ।रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको टास समाचार एजेन्सीले जनाएको छ । घटनाको समयमा उक्त कारखानामा १७ जना कामदारहरू थिए । औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा १५ जानाको शव भेटिएको छ । 
विष्फोटन पश्चात् १६० वर्ग किलोमिटर क्षेत्रमा लागेको आगो निभाइएको छ । विष्फोटनमा कार्यशाला भवन पूर्णरूपमा ध्वस्त भएको छ । घटनाको कारण अझै पत्ता लागेको छैन ।– सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  २१:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार