दसैंको अवसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग

बिहीबार, असोज २८, २०७८
डिस होम विज्ञापन
Global Ime Bank

लमजुङ । विजयादशमीको अवरसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग गरिएको छ । लमजुङ मर्स्याङ्दी युवा क्लबले कैदीबन्दीलाई खाद्यान्न सहयोग गरेको हो । क्लबका अध्यक्ष जुन तामाङकाअनुसार कैदीबन्दीलाई २५ किलो बासमती चामल, १५ किलो चिउरा, १५ लिटर तेल, १ बोरा भूजासँगै मसला, कोकलगायत २० हजार बराबरको सामान कैदीबन्दीलाई उपहार स्वरुप प्रदान गरेको हो । क्लबले विगतका वर्षदेखि नै दसैंको अवसरमा कैदीबन्दीलाई खाद्यान्न समाग्री सहयोग गर्दै आइरहेकाले यसवर्ष पनि यसलाई निरन्तरता दिइएको अध्यक्ष तामाङको भनाइ छ । क्लबले खाद्यान्न प्रदान गरेसँगै कैदीबन्दीहरुले खुसी व्यक्त गरेका छन् । हाल कारागारमा १०४ जना कैदीबन्दी रहेका छन् । जसमा १० जना महिला र ९४ जना पुरुष छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  ०७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार