राइनासका ७० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

आइतबार, असोज २४, २०७८

लमजुङ : राइनास नगरपालिकाका तीन विद्यालयका ७० जना विद्यार्थीलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।  राइनास ८ को सुभोदय प्राथमिक विद्यालय, सुदर्शन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालयका विद्यार्थीले शैक्षिक सामग्री तथा विद्यार्थी पोसाक पाएका हुन् ।

रोट्रयाक्ट क्लब अफ लमजुङले पोखरास्थित सञ्चालित बालगृह चाइल्ड वेलफेयर एण्ड एजुकेसन, कास्की जिल्लामा सञ्चालित बालगृहको छाता संगठन बालगृह संजाल कास्की, बाबा फाउण्डेसनसंगको सहकार्यमा बालबालिकालाई सहयोग गरेको हो ।

सुभोदय प्राथमिक विद्यालयका २९ जना, सुदर्शन प्राथमिक विद्यालयका १२ जना र कृष्ण प्राथमिक विद्यालयका २९ जना विद्यार्थीलाई प्रति विद्यार्थी एकसेट ट्रयाकसुट, टिसर्ट, झोला र शैक्षिक सामग्री वितरण गरिएको रोट्रयाक्ट क्लब अफ लमजुङका निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठले बताए । 

सुभोदय प्राथमिक विद्यालय र सुदर्शन प्राथमिक विद्यालयलाई एक/एक वटा फिल्टर र डस्बिन पनि प्रदान गरिएको थियो । २ लाख ५० हजार रुपियाँ मूल्य बराबरको सामग्री प्रदान गरिएको रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष मुकेश कुँवरले बताए । 

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार