जापानमा ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प

शुक्रबार, असोज २२, २०७८

टोकियो । जापानमा शक्तिशाली भूकम्प गएको छ । राजधानी टोकियोबाट पूर्व रहेको चिवालाई केन्द्रबिन्दु बनाएर ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प गएको हो । शुक्रबारको भूकम्प सन् २०११ पछिकै शक्तिशाली भएको जनाइएको छ ।  भूकम्पबाट केही भवन तथा संरचना भत्किएका छन् । भूकम्पपछि सुनामीको खतरा नभएको जनाइएको छ । भूकम्पले पुर्‍याएको  क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार