चीनलाई ‘काउन्टर’ दिन अमेरिकाले ताइवानका वायु सेनालाई तालिम दियोः रिपोर्ट

शुक्रबार, असोज २२, २०७८

न्युयोर्क ।
अमेरिकाको विशेष फौजले ताइवानका सेनालाई एक वर्षदेखि तालिम दिँदै आएको एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दाबी गरेको छ । ताइवानबारे अमेरिका र चीनबीच नयाँ विवाद चर्किरहेका बेला ताइवानी फौजलाई अमेरिकाले तालिम दिएको अमेरिकाको वाल स्ट्रिट जर्नलले जनाएको हो । पछिल्लो एक सातादेखि ताइवानको हवाई र आसपासको समुद्री क्षेत्रमा अमेरिकाका १५० भन्दा बढी लडाकु विमान उडिरहेका छन् । सोही विषयलाई लिएर अमेरिकाले चीनको विरोध गर्दै आएको छ । ताइवानमाथि  दमन गरे आफू हेरेर नबस्ने अमेरिकाले बताएको छ । चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौँ लडाकु जहाज उडाएपछि ताइवानले पनि त्यसको विरोध गरिसकेको छ ।  अमेरिकी वायु सेनाका दुई दर्जनभन्दा बढी सदस्यहरू ताइवानको स्थल, वायु र पनडुब्बी सेनालाई कम्तिमा एक वर्ष तालिम दिएको अज्ञात अधिकारीलाई उदृत गर्दै वाल स्ट्रिटले जनाएको छ । चीनले पछिल्लो एक वर्षदेखि नै ताइवानबिरुद्ध सैन्य गतिविधि बढाएको छ । तर, ताइवानको रक्षा मन्त्रालयले भने यसलाई अस्वीकार गरेको छ । पूर्वयोजनाअनुसार नै दुई देशबीच सैन्य आदानप्रदान भएको रक्षा मन्त्रालयले जनाएको छ । चीन  र ताइवानबीच सन् १९४९ देखि विवाद चल्दै आएको छ । चीनले ताइवानलाई आफ्नो एउटा प्रान्तका रुपमा व्यवहार गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार