सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीले घर झगडा व्यवस्थापन गर्न नसकेर त्यसको रिस संसद्माथि पोखेको बताएका छन् । गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले राजधानीमा सोमबार गरेको अन्तक्र्रिया कार्यक्रममा सिटौलाले प्रधानमन्त्रीलाई वर्तमान संविधानले तानाशाह बन्ने अधिकार नदिएको जिकिर गरे । ‘म कुनै क्न्फ्युजनमा छैन, संसद् विघटन संविधान विपरित हो, बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन, त्यो अधिकार हामीले बनाएको संविधानमा छैन, प्रधानमन्त्रीले घर झगडाको व्यवस्थापन गर्न नसकेर संसद् विघटन गर्नु भएको हो’, सिटौलाले भने । पहिलेको संविधानमा रहेको विघटनको व्यवस्थालाई पटक पटकको राजनीतिक अस्थिरताको अनुभवबाट २०७२ सालको संविधानमा नराखिएको सिटौलाको दाबी छ । ‘गिरिजाबाबु, मनमोहन र शेरबहादुर जीले संसद् विघटन गर्दा संविधानमा त्यो अधिकार थियो, गिरिजाबाबुले पनि गलत गर्नु भयो, शेरबहादुर जीले गर्दा पनि मुलुकले अस्थिरता र दुर्घटना बेहो¥यो, त्यही अनुभवबाट फेरी मुलुकलाई अस्थिरतातर्फ नलैजाने गरी राजनीतिक सहमतीबाटै प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार संविधानमा राखेनौ’, सिटौलाले भने । उनले संविधान बनाउँदा अदालतलाई संसदीय समितिले अनुगमन गर्ने व्यवस्था राख्ने कि नराख्ने भन्ने विवादकाबीच संविधानमा अदालतलाई स्वतन्त्र राख्ने गरी व्यवस्था गरिएको समेत बताए । सिटौलाले संसद् विघटनको विषयमा समेत अदालतले संविधानमा भएको व्यवस्था भन्दा बाहरिबाट निणर्य नलिने विश्वास व्यक्त गरे । ‘संविधानमा जे लेखेको छ, त्यसैका आधारमा अदालतले व्याख्या गर्नुपर्छ, अदालतले संविधानमा भएको व्यवस्था भन्दा बाहिरबाट निणर्य लिन्छ भन्ने मलाइ लाग्दैन, प्रधानमन्त्रीको खुसीमा संसद् विघटन गर्ने व्यवस्था संविधानमा छैन’, सिटौलाले थपे ।
गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले राजधानीमा सोमबार गरेको अन्तक्र्रिया कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायत । शब्दपाटी पटक पटकको अभ्यासबाट पनि संसद्ले सरकार बनाउन नसकेको अवस्थामा मात्रै संसद् विघटन गर्ने व्यवस्था संविधानमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था भित्र प्रवेश नै नगरी स्वेच्छाचारी ढंगबाट संसद् विघटन गरेको सिटौलाको भनाइ थियो । सिटौलाले संसद् विघटनको निणर्यले वैधानिकता पाए देश दुर्घटनातर्फ जाने समेत समेत बताए । ‘संसद् विघटनले वैधानिकता पाए देशको अवस्था के हुन्छ ?, लोकतन्त्रको र व्यवस्थाको अवस्था के हुन्छ ?, अदालतले सदर गरे प्रहरी प्रसासन, निर्वाचन आयोगले के गर्छ ?, संविधान क्याप्चर गर्नेहरुले कस्तो निर्वाचन गर्छन ?’, सिटौलाको प्रश्न थियो । उनले कांग्रेसको नेतृत्वमा आएको संविधानलाई कांग्रेसले नै फ्रन्टलाइनमा बसेर जोगाउनु पर्ने धारणा राखे । ‘कांग्रेसकै नेतृत्वमा संविधान आयो, हामीले छाती फुलाएर त्यो भन्न पाएका छौं, अब हामीले नै फ्रन्टलाइनमा बसेर संविधान जोगाउन नेतृत्व लिनु पर्ने भएको छ’, सिटौलाले सम्बोधनका क्रममा भने । संसद् विघटनको घटनापछि सबैको नजर अदालततर्फ रहेको भन्दै सिटौलाले लोकतन्त्रमा अदालतलतलाई आफ्नो ताकत ‘सो’ गर्ने अवसर समेत मिलेको समेत बताए । ‘यो संविधानमा लत्रिएको अदालतको परिकल्पना गरिएको छैन, अदालतलाई बलियो र स्वतन्त्र बनाइएको छ, प्रधानमन्त्री र संसद्लाई कन्ट्रोल गर्ने ताकत यो संविधानमा अदालतलाई दिइएको छ’ सिटौलाले भने ।