संविधान बचाउन कांग्रेसले आन्दोलनको नेतृत्व लिने समय आयो : बाबुराम भट्टराई

‘देशको नेतृत्व गर्न कांग्रेसले चुनाव कुर्नु पर्दैन’
मंगलबार, माघ ६, २०७७

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमाथि आएको संकटलाई टार्न कांग्रेसले आन्दोलनको नेतृत्व लिनुपर्ने बताएका छन । गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले राजधानीमा सोमबार गरेको अन्तत्र्रिmया कार्यक्रममा डा. भट्टराईले संविधानमाथि भएको प्रहारलाई जोगाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्नेमा जोड दिए । ‘प्रतिनिधिसभा विघटन संवैधानिक व्यवस्था भन्दा बाहिरबाट गरिएको छ, यो संविधानमाथिको प्रहार हो, संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्छ’, डा भट्टराईले भने ।
कांग्रेस आन्दोलन कि निर्वाचन भन्नेमा अलमलमा रहेको भन्दै उनले कांग्रेसले देशको नेतृत्व गर्न निर्वाचन नै कुर्न नपर्ने र संसद् पुर्नस्थापना हुँदै गर्दा कांग्रेसले नै देशको नेतृत्व गर्न सक्ने बताए । 
उनले प्रधानमन्त्री केपी ओलीले बाम खोल ओडेर चरम सामन्तवादतर्फ अग्रसर भएको र नव फाँसिवादको अभ्यास गर्दै अघि बढेको समेत जिकिर गरे । 
प्रधानमन्त्री ओलीले राज्यका सबै अंगलाई धम्क्याइरहेको भन्दै भट्टराईले सबैलाई आफूले सेटिङमा राखेको भन्दै प्रधानमन्त्रीबाटै अभिव्यक्ति आउनु खेदजनक रहेको र त्यसले अदालतमाथिको विश्वसनियतामाथि समेत प्रश्न उठ्ने अवस्था आएको टिप्पणी गरे । अदालतमाथि समेत अहिले परीक्षाको समय आएको उनको भनाई थियो । 

 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  ०४:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार