हुथी विद्रोही र यमनी सेनाबीच भएको भिडन्तमा ८० भन्दा बढीको मृत्यु

बुधबार, असोज २०, २०७८

साना । यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मङ्गलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतले जानकारी दिएको छ । उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीहरुले भिडन्त सुरु गरेका थिए । त्यसक्रममा भएको भिडन्तमा परी ८२ जनाको ज्यान गएको हो । यसरी मारिनेमध्येमा अधिकांश हुथी विद्रोही रहेका छन् । यसरी मारिनेमा ७४ जना हुथी विद्रोही लडाकू र अरु आठ जना यमनका सेना रहेका यहाँको सैन्य स्रोतले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा ७४ विद्रोही मारिएका छन् । सैन्य स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । समाचारअनुसार अधिकांश विद्रोहीहरु मारिब शहरको पश्चिमी क्षेत्रमा साउदी अरेबिया र यमनको सैन्य गठबन्धनले गरेको हवाइ कारबाहीमा परी मारिएका हुन् । पछिल्लो समय साउदीसमर्थित सरकारको नियन्त्रणमा रहेको अन्तिम गढ मारिबलाई हुथी विद्रोहीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । सोही क्रममा भएको भिडन्तमा पछिल्लो पटक यो हताहत भएको हो ।
इरानसमर्थित हुथी विद्रोहीले तेल खानीको ठूलो भण्डार रहेको उक्त शहरमा पुनः आक्रमण गर्न थालेपछि यस महिनामा मात्रै सैयौं मानिसको ज्यान गएको छ । यहाँ गएको हप्तामा पनि दर्जनौँ हुथी विद्रोही लडाकू मारिएका थिए ।– सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  २३:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार