सोसल मिडिया
Contact Us
युनिकोड
भ्याटिकन सिटी । पोप फ्रान्सिसले भरखरै सार्वजनिक गरिएको एक प्रतिवेदनमा चर्चहरूमा हुने गरेको बाल यौनदुव्र्यवहारका घटना प्रति दुःख व्यक्त गर्दै निन्दा गरेका छन् । भ्याटिकन सिटीमा साप्ताहिक रूपमा आयोजित हुने भिडियो सम्बोधनका क्रममा पोपले फ्रान्सका क्याथोलिक चर्चहरूमा हुने गरेका यौनदुव्र्यवहारका घटनाले आफू लज्जित भएको बताउँदै पीडितहरूप्रति दुःख व्यक्त गरेका हुन् । चर्चमा हुने गरेका यस्ता निन्दनीय घटना नियन्त्रण गर्न नसकेकोमा व्यक्तिगत रूपमा र सम्बन्धित पक्षले ध्यान दिन सककेकोमा सामूहिकरूपमा समेत पोपले क्षमा याचना गरेका छन् । एक स्वतन्त्र आयोगले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार फ्रान्सेली क्याथोलिक पादरीहरूद्वारा १९५० देखि पछि सात दशकको अवधिमा करिब दुई लाख १६ हजार बालबालिका यौन दुव्र्यवहारको शिकार भएको उल्लेख गरिएको छ । यो अत्यन्तै ठूलो घटना हो जो आजसम्म पर्दाले छोपिएको थियो । आयोगको साढे दुई वर्षको गहन अनुसन्धानका आधारमा तयार पारिएको २५०० पृष्ठको प्रतिवेदनले फ्रान्स र विश्वभरका क्याथोलिक चर्चमा हुने गरेका यस्ता घटनाले सबैलाई दुःखित र आक्रोशित बनाएको छ ।– एएफपी