सोसल मिडिया
Contact Us
युनिकोड
कुवेतसिटी । कुवेतको सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका छन् । प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजा समक्ष राजीनामा दिएका थिए । तत्कालै अर्को मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् । देशको राष्ट्रिय सभा र मन्त्रीपरिषद्का बीचमा सम्वन्ध विग्रिएकाले राजीनामा दिनु लागेको प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठकमा जानकारी दिए । उनले उपप्रधानमन्त्री र मन्त्रीहरूलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफुहरू अव विदा हुनुपर्ने अवस्थामा रहेको संकेत गरेका छन् । उनले सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गरेका थिए ।