सोसल मिडिया
Contact Us
युनिकोड
विहार । भारतको बिहार राज्यमा भएको विधानसभा निर्वाचनमा पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ । दोस्रोमा ७४ सिट सहित केन्द्रीय सत्तामा रहेको बीजेपी छ भने मुख्यमन्त्री नितिशकुमारको जनता दल युनाइटेड जेडियुले केवल ४३ सिट जितेको छ । वर्तमान सत्ता गठबन्धनकै बहुमत तर बीजेपी र जेडियुसहितको वर्तमान सत्ताधारी राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडिएले १२५ सिट सहित सामान्य बहुमत भने पाएको छ । कंग्रेसको प्रदर्शन पहिलेभन्दा पनि खस्किएको देखिएको छ । २४३ सदस्यीय बिहार विधानसभामा तेजस्वी यादव नेतृत्वको कंग्रेससहितको महागठबन्धनलाई ११० सिट प्राप्त भएको छ । नितिशकुमारलाई ठूलो धक्का बिहारको वर्तमान सत्ता गठबन्धनमा यतिञ्जेल मुख्य भूमिकामा रहेका मुख्यमन्त्री नितिशकुमारलाई भने यो परिणाम सुखद रहेन । हुन त अझै पनि गठबन्धनको नेतृत्व गर्दै उनले नै मुख्यमन्त्रीको पद सम्हाल्ने बीजेपीले बताइरहेको छ तर बीजेपीको तुलनामा आफ्नो पार्टीसँग निकै कम सिट रहेको स्थितिका कारण नितिशकुमारको सामु अवस्था असहज देखिन्छ । तीन कार्यकाल मुख्यमन्त्री भइसकेका नितिशकुमार चौथोपटक पनि मुख्यमन्त्री हुने ढोका अझै खुला नै देखिन्छ । तेजस्वीको ‘उदय’ यसपटकको चुनावमा पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवले आफ्नो दल, राष्ट्रिय जनता दललाई अग्रस्थानमा पु¥याउन सफल भए । तर उनको दल र कंग्रेससहितको महागठबन्धनले बहुमत भने जुटाउन सकेन । यो परिणामलाई तेजस्वीको उदाउँदो राजनीतिक हैसियतको प्रदर्शनको रूपमा कतिपयले मानेका छन् । यसपटक कोभिड–१९ महामारीकै बीचमा तीन चरणमा बिहारमा मतदान सम्पन्न भएको थियो । करिब ५७ प्रतिशत मतदाता सहभागी भएको चुनाव आयोगले बताएको छ ।