राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री   

आइतबार, माघ ४, २०७७

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको जिकिर गरेका छन् । अखिल नेपाल महिला संघ (अनेमसं) को दोस्रो केन्द्रीय कमिटीको बैठकमा उनले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन सिफारिस गरेको स्पष्ट पारे । ‘संविधानमा राष्ट्रपतिले सरकारको सिफारिशमा काम गर्ने व्यवस्था छ, अहिले त्यसअनुसार नै भएको हो’, उनले भने, ‘कमीकमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन ।’  पार्टी र आन्दोलनमा एउटा महान् शुद्धीकरण आवश्यकता रहेकामा अहिले त्यो प्राप्त भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीको भनाइ थियो ।
 

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  २२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार