सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अदालतको आलोचना गरेका छन् । वर्तमान सरकारको तीब्र आलोचना गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारको बचाउ गर्न अधिकांश समय खर्चिएका थिए । ललितपुरको गोदावरीमा शुरु भएको महाधिवेशनमा ओलीले ४४ पृष्ठ लामो प्रतिवेदन पनि पेश गरेका थिए । ओलीले कांग्रेसलाई दलाल पुँजीवादीको कित्तामा चित्रित गरेका छन् । ओलीको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई दलाल पुँजीवादी, माओवादीलाई अस्थिर र मधेशवादी दललाई संकीर्ण उल्लेख गरेका छन् । माओवादी केन्द्र र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच रहेको आरोप लगाउँदै ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘माओवादी केन्द्र, मूलतः ‘प्रचण्ड‘ का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ ।’