‘संसारकै सबैभन्दा शक्तिशाली अस्त्र’ सार्वजनिक

उत्तर कोरिया 
शुक्रबार, माघ २, २०७७

सोल । उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ । सरकारी सञ्चारमाध्यमले त्यसलाई ‘संसारकै सबैभन्दा शक्तिशाली अस्त्र’ भनेर वर्णन गरेका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको थियो । ती क्षेप्यास्त्रहरुलाई सर्वोच्च नेता किम जङ्ग–अनले अवलोकन गरेका थिए । त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको ‘प्रधान शत्रु’ भएको बताएका थिए ।
सैनिक सामथ्र्य
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामथ्र्य प्रदर्शन गरेको छ । सैनिक परेड अवलोकन गरेका किमले मुस्कुराउँदै अभिवादन गरिरहेको तस्वीर सार्वजनिक भएको छ ।
ठूलो आकारका कालो–सेतो रङ्गका चारवटा क्षेप्यास्त्र प्रदर्शन गरिएको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरमा देखिन्छ । विश्लेषकहरूले यसअघि उत्तर कोरिया नदेखिएका अस्त्रहरू देखिएको बताएका छन् । सार्वजनिक गरिएको क्षेप्यास्त्रको कोरियाली नाम उल्लेख गर्दै उत्तर कोरियासम्बन्धी विज्ञ अङ्कित पाण्डाले ‘नयाँ वर्ष, नयाँ पकगकसङ्ग’ भन्दै ट्वीट गरेका छन् ।
‘विश्वकै सबैभन्दा शक्तिशाली अस्त्र पनडुब्बीबाट प्रहार गरिने बलिस्टिक क्षेप्यास्त्र क्रान्तिकारी सशस्त्र फौजहरूको शक्ति प्रदर्शन गर्दै एकपछि अर्को गरी स्क्वायरमा प्रवेशमा गरेको छ’, कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ ।–बीबीसी 

 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  ११:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार