आज कांग्रेसले प्रदेश सभाका निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने 

केन्द्रीय कार्यसमिति बैठक माघ ६ गतेका लागि तय 
शनिबार, पुस २५, २०७७

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको कदम गैरसंवैधानिक भन्दै आन्दोलनमा होमिएको कांग्रेसले शनिबारदेखि देशव्यापी आन्दोलन गर्देछ । सरकारको कदमविरुद्ध जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने उद्देश्यले कांग्रेसले आज ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । कांग्रेसले माघ ३ गते  ७५३ पालिका र माघ ८ गते  ६ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्नेछ । कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध एउटै निर्णय र प्रष्ट धारणासाथ सिङ्गो पार्टी एकमतका साथ आन्दोलनमा होमिएको स्पष्ट पारेको छ । कांग्रेसले प्रतिनिधिसभा विघटन गरेकै दिन पुस ५ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमार्फत पार्टीको धारणा सार्वजनिक, पुस ६ गते सर्वदलीय बैठक आयोजना, पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।  यसैबीच केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ ६ गते बस्ने भएको छ । पुस २७ का लागि निर्धारित बैठक माघ ६ गते अपराह्न १ बजेका लागि तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  ०५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार