सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल विद्यार्थी संघले उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको साङ्केतिक विरोध गरेको छ । नेवि संघका नेता तथा कार्यकर्ता शुक्रबार माइतीघरदेखि वानेश्वरसम्म उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन् । कार्यक्रममा नेवि संघका अध्यक्ष राजीव ढुङ्गानाले संसद् विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको जिकिर गरे । ‘झण्डै दुई तिहाइ जनमत पाएको सरकारले सिङ्गो देशभन्दा पनि व्यक्तिगत स्वार्थका लागि संसद् विघटन ग¥यो’ उनले भने । संघका महामन्त्री दीपक भट्टराईले उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको साङ्केतिक विरोध गरेको जानकारी दिए ।