परमादेशबाट हटाइयो, जनादेशबाट पुनः सरकारमा फर्कन्छौं : प्रदिप ज्ञवाली (भिडियो)

शुक्रबार, भदौ १८, २०७८

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अहिले आफ्नो पार्टी संकटमा भएको देखिएको जस्तो लागेपनि सरकारमा हुदाँ देश र जनताको हितमा काम गरेकाले आगामी चुनावमा ​जनताले विश्वास गर्ने दाबी गरेका छन् । ललितपुरमा जिल्ला स्तरीय कार्यकर्ता भेलामा शुक्रबार उनले भने, परमादेशबाट हामीलाई हटाइपनि जनादेशबाट पुनः सरकारका फर्कने बताए । उनले भने, ‘एमाले फेरि पनि शक्तिशाली पार्टी भएर आउने छ ।’  सचिव ज्ञवालीले पद प्राप्तिका लागि एमाले चोइटाउने खेल भइरहेकाले मिलेर अघि बढ्न आग्रह गरेका छन् । एमाले जिल्ला कमिटी ललितपुरले यहाँ आयोजना गरेको ‘जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला’ मा उनले एमाले देश र जनताको हितमा सधैँ लागीरहने बताए । ज्ञवालीले अब पनि आर्थिकका साथै सामाजिक रुपान्तरणका लागि मिलेर अघि बढ्दा समृद्धि हासिल हुने बताए ।  वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले एमालेले सधै देश र जनताको हितमा काम गर्ने धारणा राखे ।  एमाले केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपालले गएको स्थानीय सरकारको चुनावमा आफूहरुले ७५ प्रतिशत विजय हासिल गरेकोलेअरुले देख्न नसकेको बताइन् । ‘पार्टीलाई पुनः चुस्त र मजबुत बनाउन आवश्यक छ’, उनले भनिन् ।  कार्यक्रममा ललितपुर जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र जिल्ला सचिवालय सदस्य ब्रम्हानन्द श्रेष्ठ लगायतले पार्टी संगठन र समसामयिक राजनीतिका विषयमा धारणा राखेका थिए ।
 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार