रक्षा सचिव बेगेन्द्र पौड्यालले दिए नयाँ प्रधानसेनापति प्रभुराम शर्मालाई नियुक्तिपत्र 

बिहीबार, भदौ १७, २०७८

काठमाडौँ । रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई यही भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्ति गर्नुभएको थियो । नियुक्तिपत्र हस्तान्तरण गर्दै सचिव पौड्यालले कायममुकायम प्रधानसेनापति शर्मालाई सफल कार्यकालको शुभकामना व्यक्त भयो ।

कायममुकायम प्रधानसेनापतिसँग राजदूत गोडेरले गरे शिष्टाचार भेट

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरुबीच भएको भेटमा आपसीहित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  ०७:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार