सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा भएको भ्रष्टाचारको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन समिति गठन गरेको छ । मन्त्रालयको सचिव स्तरीय निर्णयबाट पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको हो । अध्ययन समितिलाई ३० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन म्याद दिइएको छ । नेपाल एयरलाइन्सको वेथिति र जहाजमा भएको भ्रष्टाचार लगायतको विषयमा प्रमाण संकलन, अध्ययन एवं छानबिन गरी कार्यान्वयनको कार्यायोजनासहितको प्रविनेदन बुझाउन कार्यादेश दिइएको छ । एयरलाइन्समा भएको भ्रष्टाचारको छानबिन गर्न माग गर्दै प्रतिनिधि सभाका नवनिर्वाचित सांसद सुदन गुरुङले गत फागुन २८ गते ज्ञापनपत्र बुझाएका थिए । उनले जहाज खरिददेखि मर्मसम्मका कार्यमा भ्रष्टाचार भएको भन्दै केही प्रमाण पनि बुझाएको जनाएका थिए ।