बुधबार थपिए २०५२ कोरोना संक्रमित 

बुधबार, भदौ १६, २०७८

काठमाडौं । बुधबार देशभर २ हजार ५२ जनामा कोरोनाभाइरस संक्रमण थपिएका छन् । १४ हजार ९३५ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सोही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त  भएका छन् ।   यस्तै कोरोनाका कारण २० जनाले ज्यान गुमाएका छन् । अहिले सम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार